२०८१ असार ९ गते शनिवार

मोटरसाईकलको ठक्करबाट घाइते ५ बर्षीय बालकको उपचारका क्रममा मृत्यु

तुलसीपुर, असार ३० । मोटरसाईकलको ठक्करबाट घाइते भएका दाङ शान्तिनगरका ५ बर्षीय बालकको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ ।

असार २६ गते बेलुका साढे ७ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं.१ खिलतपुर चोक नजिकै रा ४ प १०२४ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका स्थानीय ५ बर्षीय पारश लामिछाको मंगलबार राति १० बजेतिर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दूर्घटना पछि ठक्कर दिने मोटरसाईकलका चालक बइई गाउँपालिका ७ का २८ वर्षीय दिपक थापाले आफ्नै मोटरसाईकलमा राखेर घाइते लामिछानेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन सघाएका थिए ।

तर, तुलसीपुरमा उपचार संभव नभएपछि सोही दिन बेलुका साढे ८ बजेतिर लामिछानेलाई थप उपचारका लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको थियो ।

लामिछानेको उपचारका क्रममा मंगलबार राति १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्र रिजालले जानकारी दिए ।

प्रहरीले मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७८ असार ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *