दाङ, असार २९ । तुलसीपुरमा जिम क्लब भित्रै खुकुरी प्रहार भएको छ । मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका ८ दोघरेस्थित केएम जिम क्लबमा खुकुरी प्रहार हुँदा तुलसीपुर ५ रानी जरुवाका २३ बर्षीय बिशाल सुनार घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
बिहान साढे ६ बजे दंगीशरण गाउँपालिका वडा नं. ५ का ३२ बर्षीय निर्मल बस्नेतले पुरानो रिसिबीका कारण सुनारमाथि खुकुरी प्रहार गरेको एसपी काफ्लेले जानकारी दिए ।
तिघ्रामा चोट खेपेका सुनारको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलक शर्माको नेतृत्वमा घटना पछि प्रहरी क्लबमा पुगेर अनुसन्धान गरि रहेको छ । खुकुरी प्रहार गर्ने बस्नेत फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार