२०८१ असार ९ गते शनिवार

मोनिङ वाकमा गएका पौडेलमाथि छुरा प्रहार

तुलसीपुर, असार २९ । घोराहीमा मोनिङ वाकमा गएका एक ब्यक्तिमाथि छुरा प्रहार भएको छ । बाट घोराही उपमहानगरपालिका वडा नं. १५ का ६१ बर्षीय दामोदर पौडेल शक्त घाइते भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

जिल्ला प्रहरी प्रबक्ता रिजालका अनुसार पौडेलमाथि अपरिचित ब्यक्तिले छुरा प्रहार गरेका थिए । घाइते पौडेलको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सल्यक्रिया भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने ब्यक्तिको हुलिया खुलेको भएपनि पक्राउ परि नसकेको डिएसपी रिजालले बताए । ती युवक मेधेसी मुलको रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान मोनिङ वाक जाने क्रममा घोराही १४ झिगौंरामा उनीमाथि एका बिहानै छुरा प्रहार भएको थियो । मोनिङ वाकमा गएका पौडेलसंग मोबाईल र पैंशा मागेको र नदिए पछि छुरा प्रहार गरेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *