२०८१ असार ३ गते आइतवार

तुलसीपुरको अनोमल मेडिकलमा लागुऔषधको कारोबार !


तुलसीपुर, असार २८ । तुलसीपुरस्थित एक मेडिकल पसलमा लागु औषध कारोबार भएको तथ्य फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ हात्ती खौवा चोकस्थित अनोमल आर्युेबेदिक मेडिकलमा लागु औषध मनोदीप नाईट्राभेट – १० बिक्री बितरण हुने गरेको प्रहरीले जनाएको छ ।

रुपेश शर्माले सञ्चालन गरेको उक्त मेडिकलमा ११३ ट्याबलेट फेला परेको प्रहरीले जानकारी दिएको छ । मेडिकल पसलमा आगुऔषध बिक्रि बितरण गर्ने शर्मालाई पक्राउ पछि इलाका प्रहरी कार्यायल तुलसीपुरको थुनुवा कक्षामा राखिएको छ ।

त्यो बाहेक प्रहरी शर्माको साथबाट उक्त लागु औषध बिक्रि बितरण गरेको नगद १६ हजार समेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *