२०८१ असार ७ गते बिहिवार

तुलसीपुरबाट ब्राउन सुगरसहित २ युवा पक्राउ

तुलसीपुर, असार २८ । तुलसीपुरबाट प्रतिबन्धित आगु औषध ब्राउन सुगरसहित दूई युवा पक्राउ परेका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का सोनाम योगी र तुलसीपुर ६ बरुवा गाउँका सरोजकुमार भारती पक्राउ परेका छन् । उनीहरुलाई आइतबार दिउँसो ३ बजे तुलसीपुरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी पबक्ता मुकुन्दप्रशाद रिजालका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर ५ स्थित प्रगती टोलबाट नियन्त्रणमा लिइएको थियो । उनीहरुको शरिर खान तलासी गर्दा १९० मिलीग्राम ब्राउन सुगर बरामद भएको डिएसपी रिजालले बताए । योगीले भारतीसंग ब्राउन सुगर खरिद गर्ने क्रममा सुराकका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *