२०८१ जेष्ठ ३० गते बुधवार

ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाण्डौ,असार २८ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका छन्।

आज अपरान्ह ५ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ।

पार्टीभित्र देखा परेका विवाद समाधान गर्न कार्यदलले आइतबार १० बुँदे सहमति गरेको थियो। त्यो सहमतिलाई स्थायी कमिटीले अनुमोदन गर्ने तयारी छ।

तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहभित्र कार्यदलले गरेको उक्त सहमतिबारे असन्तुष्टि छ। नेपाल आफैँले पनि अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरी कार्यदलको सहमतिलाई गलत रूपमा व्याख्या गर्न नहुने बताइरहेका छन्।

यसबारे नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आजै भर्चुअल रूपमा हुने नेताहरूले बताएका छन्। पार्टीलाई पुरानै संरचनाअनुसार अघि बढाउनेलगायत १० बुँदामा कार्यदलबीच सहमति जुटेको थियो।

एमालेले आइतबार पनि स्थायी कमिटी बैठक बोलाएको थियो तर अन्तिम समयमा आएर आजसम्मका लागि स्थगित गरिएको थियो।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *