२०८१ चैत्र ४ गते सोमवार

दाङका ३ युवा बाँकेमा रेडपाण्डाको छाला र भालुको पित्तसहित पक्राउ

दाङ, असार २७ । दाङका तीन युवा बाँकेमा संरक्षित बन्यजन्तुका अंगसहित पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका वडा १ का २९ वर्षीय रोबिन बुढा बन्य जन्तुका अंगसहित पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसबाट तीन जनालाई शनिबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।राति पौने ९ बजे गेष्ट हाउसको कोठा नम्बर १०बाट उनीहरूलाई नियन्त्रणमा लिएको न्यौपानेले बताए ।

उनीहरूले कोठामा राखेको झोलाबाट एउटा रेडपाण्डाको छाला र सिरानी मुनीबाट चारवटा भालुको पित्त फेला परेको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वन ऐनमा ५ लाखदेखि १० लाख सम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *