२०७८ साउन २० गते बुधवार

२८ बर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कप

दाङ, असार २७ । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका २०२१ प्रतियोगिताको उपाधि जितेको छ।

आइतबार विहान भएको खेलमा ब्राजिललाई १ – ० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले सन १९९३ पछि प्रतियोगिताको पहिलो उपाधि जितेको हो ।

खेलको २२औं मिनेटमा अर्जेन्टिनाका एन्जल डि मारियाले गरेको सानदार गोल नै जितको आधार बन्न सफल भयो ।

डि पाउलले दिएको लामो पासमा डि मारियाले ब्राजिलका बिरुद्ध उस्कै घरेलु मैदानमा उत्कृष्ट गोल गर्न सफल भएका थिए ।
तर ब्राजिलले भने कुनै गोल गर्न सकेन ।

खेलको ५२ मिनेटमा ब्राजिलका रिचार्लीसनले गोल गरेपनि रेफ्रीले त्यसलाई घोषित गरेका थिए ।

त्यस्तै खेल सकिन एक मिनेट बाँकी रहेको समयमा अर्जेन्टिनका कप्तान लिओनल मेसीले डिबक्स भित्र गोल गर्ने सुन्दर मौका गुमाउनका पुगेका थिए ।

सन १९९३ मा कोपाको उपाधि जितेको अर्जेन्टिना त्यसपछि चार पटक कोपा र एक पटक फिफा विश्वकपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन ।

यो उपाधि लिओनल मेसीको कप्तानिमा पहिलो मुख्य प्रतियोगिताको उपाधि हो ।

 

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *