दाङ, असार २६ । कोलम्बियाको समुन्द्रमा अमेरिका छिर्न हिडेका दाङका तीनसहित सात नेपाली डुँगा दूर्घटनामा परि बेपत्ता भएका छन् ।
विना भिसा गैरकानूनी रूपमा अमेरिका प्रबेश गर्न थालेका तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का २८ बर्षीय हेमराज अधिकारी, बबई गाउँपालिका वडा नं. ५ का २७ बर्षीय, रेशम बैंगा मगर, घोराही उपमहानगरपालिका वडा नं. १२ का २१ बर्षीय एन्जल बुढा मगर असार ५ गते डुँगा दूर्घटनामा परेका थिए ।
हालसम्म उनीहरुको अवस्था अज्ञात रहेको भन्ने खबर आफन्तले प्रहरीलाई दिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
एन्जल घोराही १२ का वडाध्यक्ष राजेन्द्र बुढाका जेठा छोरा हुन ।
आठ नेपाली र १० बंगाली नागरिक सवार डुंगा गत असार ७ गते कोलम्बियाको समुन्द्रमा दूर्घटना परेको थियो ।
घोराही उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष राजेन्द्र बुढा मगर यतिखेर पुत्र बियोगको खवरले बिछिप्त छन् ।
घोराहीका एजेन्ट टोपबहादुर जिसी मार्फत चोरबाटो प्रयोग गरि बिना भिसा अबैध तरिकाले उनीहरु अमेरिका जाने क्रममा दूर्घटनामा परेका थिए ।
एन्जलको घर परिवारले उनको मृत्यु भएको ठानेर असार २१ गते आत्माको शान्तिको लागि भनेर सामुहिक प्राथना गरि सकेको जनाएको छ ।
आफुहरुले क्रिष्चियन धर्म अंगालेका हुँदा एन्जलको आत्माको शान्तिको लागि गत सोमबार प्राथना गरेको परिवारका सदस्यले बताएका छन् ।
घर परिवारले एन्जललाई अमेरिका पठाउन हालसम्म एजेन्टलाई मात्रै झन्डै २८ लाख नगद खर्च बुझाई सकेको जानकारी दिएको छ ।
विना भिसा गैरकानूनी रूपमा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका छिर्न हिडेका सात नेपाली र अन्य विदेशीहरु सवार डुंगा गत असार ७ गते कोलम्बियाको समुन्द्रमा दुर्घटना परेको थियो ।
त्यसमा दाङ, पर्वत, म्याग्दी र स्याङका गरि यूवा दूई समुहमा बाँडेर संगठित मानव तस्करहरुले अबैद्य रुपमा अमेरिका प्रबेश गराउन खोजिरहेका थिए ।