२०८१ चैत्र १४ गते बिहिवार

सुर्खेतमा असार मसान्तसम्म थपियो निषेधाज्ञा

सुर्खेत,असार २६ । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै यही असार ३१ गतेसम्मका लागि थप गरिएको छ ।

३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

प्रजिअ रिजालका अनुसार जिल्लामा कोरोना संक्रमणको दर कामयमै रहेकाले निषेधाज्ञा थप गरिएको हो ।

यो अवधिमा तरकारी फलफूललगायत दुग्धजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजेसम्म खोल्न सकिने प्रशासनले जनाएको छ ।

त्यस्तै खाद्यान्न पसललगायत अत्यावश्यक सामग्रीको पसल सञ्चालनका लागि बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ ।

होटल रेस्टुरेन्टहरुले क्षमताको ५० प्रतिशतसहित डेलिभरी सेवामार्फत आफ्नो व्यवसाय सञ्चालन गर्न पाउँने छन् ।

सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञासँगै कोरोना नियन्त्रण करीब शून्यमा झर्नै लागेको थियो । तर, पछिल्लो समय पुनः संक्रमिति बढ्न थालेका छन् ।

 

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *