२०८१ चैत्र १३ गते बुधवार

पश्चिम दाङमा किसानको खेतबारीमा पानी पु¥याउन बृहत नहर लाइलिङ

तस्विर ः फरककोण ।

तुलसीपुर,असार २५ । शान्तिनगर गाउँपालिका वडा नं २ किशनताराका गोविन्द बहादुर खड्का पक्की नहर निर्माण भएपछि खुसी छन ।

पक्की नहर निर्माण नहुँदासम्म स्थानीयले बन जंगलबाट स्याउला सोत्तरले बाँध बाँधेर खेतबारीमा कुलोबाट पानी लैजाने कम्ता मुस्किल पर्दैन थियो ।

तर, अहिले बृहत दाङ उपत्यका सिंचाई आयोजनाले किसानको खेतबारीमा पानी डो¥याउका लागि पक्की बाँधसगै पक्की नहर निर्माण गरिदिए पछि त्यो झंझटबाट स्थानीय किसानहरु मुक्त भएको खड्काले बताए ।
‘पहिले असारको अन्तिम सातासम्म सम्म बिउ राख्नका लागि पानी हुदैन्थ्यो,’ उनले भने, ‘ तर, यसपाली पक्की नहर बनेपछि समयमै धानको ब्याड राख्न पायौं र धान रोप्न पनि पायौं ।’

पक्की बाँध तथा कुलो नहुँदा उत्खनन्ले गर्दा खोलो तल र कुलो माथि हुन गई पानी डो¥याउनै मुस्किल पर्ने अवस्था रहेको उनले बताए ।

‘ आज स्याउला लगेर बाँध बाँध्यो फेरि त्यो भोलि नै बगाउने,’ खड्काले भने ‘ हामी खेतमा काम गर्दागर्दै हलो जुवा छोडेर बाँध बाँध्न जानुपर्ने बाध्यता अब सदाको लागि टरेको छ ।’
पक्कि नहर नहुँदा चुहिएर पानी खेतसम्म डो¥याउनै सकस हुने अवस्था पहिले रहेको उनले बताए ।

‘ यो त हाम्रो सुख्खा क्षेत्र अन्तरगत पर्छ, आँकाशे पानीले खेति लाग्छ,’ उनले भने ‘ तर, अब पक्कि नहर भएपछि जतिखेरपनि खेतमा पानी ल्याउन सजिलो हुने छ ।’

किशनतारा जल उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर खड्काले ६० लाखको लागतमा १७ सय मिटर नहर निमार्ण कार्य पुरा भएको बताए । खेतबारीमा सिंचाई लाग्ने कुलो पक्की भएपछि स्थानीयले बेमौसमी तरकारी,मकै,गंहु लगाएतका खेति गर्न अबदेखि सहज हुने उनले बताए ।

त्यस्तै शान्तिनगर ४ काठकुवामा पनि सिंचाईका लागि पक्की नहर निमार्ण भएपछि स्थानीयलाई सिंचाईमा सहज भएको योजनाका अध्यक्ष पदमबहादुर डाँगीले बताए । उनका अनुसार उक्त नहर करिब ३७ लाखको लागतमा सम्पन्न भएको हो । त्यो नहर ५ सय ४० मिटर लामो छ । अहिले उक्त नहरबाट ८÷९ सय विगाहा जमिनमा सिंचाई हुने गरेको डाँगीले जानकारी दिए । शान्तिनगर २ बिष्णपुरमा पनि ६ लाखको लागतमा पक्की नहर निर्माण गरिएको छ ।


त्यस्तै तुलसीपुर १० को गौरी तालको झरन जाने पढ्ढा कुलोमा पनि यही वर्ष ७८ लाखको लागतमा झन्डै एक किलोमिटर जति लामो नहर निमार्ण गरिएको छ ।

लगभग त्यतिकै लागतमा गौरीगाउँले कुलोको नहर साढे ७ सय मितटर जति निर्माण गरिएको छ । गौरी गाउँले सिंचाई उपभोक्ता समितिका अध्यक्ष नानकुमार खड्काले बृहत सिचाई आयोजनाले पक्की नहर बनाइदिए पछि धेरै सहज भएको प्रतिक्रिया दिए । स्थानीयलाई पक्की सिंचाई कुलो बनेपछि बाह्रै महिना खेति गर्न सजिलो भएको खड्काले बताए । उक्त नहरबाट अहिले ५ सय विगाहा जमिनमा सिंचाई हुने गरेको छ ।

शान्तिनगर ३ फलाटेखोलीमा करिब ६० लाखको लागतमा जलाशय निमार्ण गरिएको छ । जलाशय निमार्ण पछि हाल १ सय बढी हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष मिन बहादुर केसीले बताए । यी जलाशय सिंचाईका लागि मात्रै नभई पर्यटकीय विकासका लागि पनि प्रयोग गर्न सकिने उनले बताए । त्यस्तै तुलसीपुर ८ गोठेखोलीमा पनि ५५ लाखको लागतमा जलाशय निमाण गरिएको छ ।

सिंचाईको कुनै विकल्प नभएको ठाउँमा जलाशय निमार्ण भएपछि किसानहरुलाई सिंचाईमा टेवा पुगेको स्थानिय किसान हेमलाल सापकोटाले बताए ।

बृहत दाङ उपत्यका सिंचाई आयोजनाका प्रमुख राजु आचार्यले दाङमा बाह्रैमास भरपर्दौ सिंचाई सुबिधा पु¥याउने उदेश्य अनुरुप काम भइरहेको जानकारी दिए ।

जलाशयको पानि लिफ्टिङ मार्फत किसानको खेत–खेतमा पु¥याउने आयोजनाका साथ जलासय निर्माणको कामपनि धमाधम भइरहेको सूचना अधिकारी शान्तराज गौतमले फरककोणलाई बताए ।

बृहत दाङ उपत्यका सिंचाई आयोजनाले दाङको ५६ हजार हेक्टर खेतियोग्य जमिनमा सिंचाई पु¥याउने उद्देश्य अनुरुप २०७३ देखि काम सुरु गरेको भएपनि गतबर्षदेखि मात्रै लक्ष्य अनुसार काम गर्न सुरु गरेको हो । नेपाली काँग्रेसका नेता दीपक गिरी सिंचाई मन्त्री हुँदा यो कार्यालय स्थापना भएको हो ।

 

 

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *