तस्बिर – प्रजिअ रामबहादुर कुरुम्बाङ
तुलसीपुर, असार २५ । बिहीबार बिहान घर भत्किदा तीन महिनाकी शिशु गुमाएका पीडित परिवारलाई शुक्रबार राहात बितरण गरिएको छ। ्
अबिरल बर्षाका कारण घोराही उपमहानगरपालिका वडा नं. १७ क्वाडीमा घर भत्किदा तीन महिनाकी शिशु बिन्दु चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । उनकी आमा मनिसा र ९ बर्षीया अर्की छोरी बाटुली घाइते छन् ।
पीडित परिवारलाई जिल्ला बिपद ब्यबस्थापन समिति र घोराही उपमहानगरपालिकाबाट गरि कुल २ लाख २५ हजार राहात रकम घरमै पुगेर प्रदान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहित पुगेका घोराहीका मेयर नरुलाल चौधरीले बिन्दुका बुवालाई उक्त रकम घरमै पुगेर हस्तान्तरण गरेका हुन ।
बिहीबार बिहान ३ बजेतिर घर भित्र सुतिरहेका तीन आमा छोरी मध्य बिन्दुको नजिकैको गोठ भत्किदा त्यसले घरमा लागेर भित्ता ढलेपछि च्यापिएर मृत्यु भएको थियो ।
प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार