२०८१ असार ८ गते शुक्रवार

दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ

तुलसीपुर,असार २२ ।दाङमा लागु औषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागु औषध ओसारपसार भैरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

असार २० गते आइतबार साढे ७ बजेको समयमा घोराही उपमहानगरपालिका १३ बडरा टोल निवासी २२ वर्षिय कृष्ण बुढाथोकीले रा ४ प १०७४ नम्बरको मोटरसाइकलमा आई लागु औषध ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले घोराही उपमहानगरपालिका २ निवासी २३ वर्षिय नुवाजन चौधरी र कृष्ण बुढाथोकीलाई पक्राउ गरेको छ ।

उनीको साथबाट ६०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको प्रहरीले बताएको छ ।

त्यस्तै असार २१ गते सोमबार बिहान अन्दाजी साढे १० बजेको समयमा राप्ती गाउँपालिका १ भालुवाङ रातोडाँडा निवासी २७ वर्षिय एकेन्द्र पुन मगरलाई पक्राउ गरेको छ ।

उनको घरको कोठामा लागुऔषध लुकाईछिपाई राखेको अवस्थामा २.३५ मिलीग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।

उनीहरु तीनै जनालाई लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *