२०८१ चैत्र १२ गते मङ्गलवार

शासक होइन सेवक भएर काम गर्नेछु ः प्रमुख जिल्ला अधिकारी कुरुङ्वाङ

यमकला भुसाल

तस्विर ः शरद रेग्मी ।

तुलसीपुर,असार २१ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले प्रशासक शासक नभई जनताको सेवक भएर काम गर्ने बताएका छन ।

सोमवार तुलसीपुर उद्योग वाणिज्य सघंले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले जनताको सामु प्रशासक शासक नभई जनताको सेवक भएर काम गर्ने बताएका हुन ।

प्युठान,बर्दिया बाँके,अछाम,रुपन्देही,कपिलवस्तु हुँदै दाङमा सरुवा भएर आएका कुरुङवाङले जिल्लाको शान्ति,सुरक्षा, विकास र सुशासनको लागि प्रतिबद्ध भएर काम गर्ने विस्वास व्यक्त गरे ।

उनले अन्य जिल्लाहरुको तुलनामा दाङमा विकास निमार्णका आयोजना बढी हुने गरेको भएपनि काम भने कम मात्रमा हुने गरेको भन्दै स्थानीय सरकार यसतर्फ गम्भिर बन्नुपर्नेमा जोड दिए ।

साथै उनले कुनै पनि काम एक संस्था,एक व्यक्तीले गरेर मात्र सम्भब नहुने भन्दै सबैको साथ सहयोगले मात्र सोचेअनुरुप काम गर्न सकिने समेत बताए ।

तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले आफु सरुवा भएर आए लगत्तै कार्यालयमा आउने नागरिकका लागि निशुल्क रुपमा प्रहरी सेवा सुचारु गरेको बताए ।

उनले जिल्लामा हुने अपराधिक गतिविधिका सूचना थाहा पाए लगत्तै त्यसको निगरानी गर्दै अपराधीलाई कारवाहीको दायरामा ल्याउने प्रष्ट पारे ।

साथै उनले दाङ बासीले महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सो अवसरमा संघका सल्लाहकार मिनराज वली,सल्लाहाकार अनुप कुमार श्रेष्ठ,रासस दाङ प्रमुख नारायणी रजौरे लगाएतले जिल्लामा हुने गरेका आपराधिक गतिविधिलाई सुक्ष्म रुपले अध्ययन गरी अनुसन्धान गर्न आग्रह गरे ।

सघंका निवर्तमान अध्यक्ष बिमल रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सघंका प्रेस सल्लाहाकार शरद रेग्मीले गरेका थिए ।

कार्यक्रममा केही दिन पहिले मात्र सरुवा भएर आएका दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्ले लगाएतलाई स्वागत एवं सम्मान गरिएको थियो ।

 

 

 

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *