तुलसीपुर,असार २१ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकोे खेलकुद विषयगत समितिको बिज्ञको रुपमा दाङका बिदुर गैतमलाई नियुक्त गरेको छ ।
पार्टीका नेता दिपक अधिकारी संयोजक रहेको प्रतिष्ठानले गौतमलाई खेलकुद विषयगत विज्ञको रुपमा नियुक्ति गरेको हो ।
२०६९ साल देखि नेविसघंको विद्यार्थी राजनितिबाट यात्रा सुरु गरेका गौतम विभिन्न सघं संगठनमा रहेर काम गरिसकेका छन ।
उनी २०७० सालमा तरुणदल बिजौरी गा.वि.स सदस्य,२०७३ सालमा नेवीसघंको क्षेत्रीय सदस्य,२०७४ सालमा क्षेत्र नं ४ को क्षेत्रीय कार्यबहाक सभापति हुदै हाल बिजौरी उद्योग वाणिज्य सघंको महासचिव र लायन्स क्लव अफ दाङ कालिका मालिकाको सह–सचिव लगाएतका सघं सस्थामा आवद्ध छन ।
पार्टीले नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको खेलकुद विषयगत समितिको बिज्ञको रुपमा नियुक्त गरेपछि गौतमले पार्टीले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने प्रतिबिद्धता जनाएका छन ।
उनले पार्टीको नीति अनुसार काम गर्ने भन्दै संघ संगठन सुदृढ गर्ने र जनतालाई सूचना प्रबिधिसँग जोडरे सूसुचित गर्ने बताए ।
उनले पछिल्लो समय युवाहरुको खेलकुद प्रति निकै आकर्षण बढ्दै गएको भएपनि सरकारले खेलकुद क्षेत्रको विकासका लागि सोचेअनुरुप बजेट विनियोजित नगर्दा खलाडीहरु चिन्तीत हुन पुगेको बताए ।
साथै उनले खेलकुद क्षेत्रको विकासका लागि बढी भन्दा बढी बजेट विनियोजित गरेर खेलाडीहरुलाई विश्वभर चिनाउन तर्फ सरकारले जोड दिनुपर्ने समेत बताए ।
