२०८१ चैत्र ६ गते बुधवार

राष्ट्रिय सभा बैठक बस्‍दै

काठमाडौं,असार २१ । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्‍दैछ ।

बैठकको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आ।व २०७६/२०७७ को बार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ ।

त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्‍डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *