२०८१ चैत्र ६ गते बुधवार

किर्ते गरि ज्वाँईलाई नागरिता !

पति–पत्निको नाता यसरी दाजु बहिनीमा परिनत भयो

तुलसीपुर, असार २१ । दाङ राजपुर निवासी एकजना ब्यक्तिले किर्तेगरि ज्वाँईलाई नागरिकता दिलाएको रह्य खुलेको छ ।

जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ का भिमबहादुर कामीले छोरी ज्वाँई अर्जुन विकलाई मृत्यु भइ सकेका छोरोको जन्मदर्ताका आधारमा छोरो बनाएर नागरिकता बनाइ दिएको तथ्य उजागर भएको छ ।

इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवासको हस्ताक्षर रहेको नागरिकता अर्जुनको नाममा २०७५ साल असोज ४ गते जारी भएको छ ।

भिमबहादुरका माईली श्रीमतिबाट जन्मिएका छोरा लिलारामको १५ बर्षकै उमेरमा मृत्यु भएको अभिलेख फेला परेको छ ।

लिलारामको जन्म विक्रम संबत २०५० सालमा भएको देखिएको छ ।

लिलारामको त्यही जन्मदर्तालाई आधार बनाएर भिमबहादुरले छोरी सुशीला बिकको आग्रहमा ज्वाँई अर्जुनलाई नागरिकता बनाउन किर्ते गरेको तथ्य उजागर भएको छ ।

स्थानीय सर्वसाधारणको उजुरी पछि किर्ते गरि भिमबहादुरले छोरी ज्वाँई अर्जुनलाई किर्ते गरि नागरिकता दिलाएको रहस्य पत्ता लागेको हो ।

छोरी सुशीलाको आग्रहका कारण भिमबहादुरले ज्वाँईलाई किर्ते गरि नागरिकता दिलाउन भूमिका खेलेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको जानकारी दिइएको छ ।

मृत्यु भइ सकेका ब्यक्तिको नाममा नागरिकता दिलाउन सिफारिस गरेको अभियोगमा राजपुर गाउँपालिका वडा नं. ७ का ७२ बर्षीय वडा अध्यक्ष भिमबहादुर खड्कापनि अनुसन्धानका लागि तानिएका छन् ।

वडाध्यक्ष खड्का, भिमबहादुर कामी र उनकी छोरी सुशीला विकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई सोमबार प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पेश गरिने भएको छ ।

वडाध्यक्ष खड्का आइतबार नियन्त्रणमा लिइएको भएपनि सोमवार उपस्थित हुने गरि प्रहरीले घर जान दिएको थियो । भिमबहादुर र छोरी सुशीलालाई थुनुवा राखिएको छ ।

किर्ते गरि नागरिकता लिन सफल भएपछि श्रीमती सुशीलासंग अर्जुनको सम्बन्ध कागजी रुपमा दाजु–बहिनीको नाता कायम हुन पुगेको छ ।

प्रहरीका अनुसार अर्जुन हाल बैदेशिक रोजगारीको सिलसिलामा अरबमा रहेका छन् ।

अर्जुनको घर चितवन भएको बताइएपनि सुशिलाले भने आफु हालसम्म चितवन नगएको हुँदा घर समेत थाहाँ नपाएको बयान गरेकी छन् ।

अर्जुन नेपाली नागरिक हुन वा हैनन् रु भन्ने बारेमा समेत अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *