दाङ, असार २० । भन्सार छली ल्याइएका बिभिन्न सवारी साधानका पाटपूर्जाहरु बरामद भएका छन् ।
मोटरसाईकल तथा गाडीका आठ लाख मूल्य बराबरको बिभिन्न पाटपूर्जा बरामद भएको जिल्ला प्रहरी कार्याय बाँकेले जानकारी दिएको छ ।
नेपालगञ्ज उपमहागरपालिका वडा नं. ७ मा कोठा भाडडामा बस्दै आएका नेपालगञ्ज १५ का ३२ बर्षीय मोनु कबडियाको कोठा तलासी गर्दा आठ लाख बराबरका भन्सार छलीका बिभिन्न पाठपूर्जा बरामद भएको प्रहरीले जनाएको छ ।
कबडियाले भन्सार छलीका सामानहरु राखेर बिक्रि बितरण गर्दै आएको भन्ने गोप्यू सूचनाका आधारमा खान तलासी गर्दा बिभिन्न सवारी साधनका पाटपूर्जा बरामद भएका थिए ।
प्रहरीका अनुसार कबडियालाई आवश्यक कानुनी कारबाहीका लागि आइतबार भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको छ ।
प्रकाशित मिति : २०७८ असार २० गते आइतवार