२०८१ चैत्र ३ गते आइतवार

देउवाकाे पक्षमा गरेकाे हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन एमालेकाे निर्देशन

काठमाण्डौ,असार १८ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रूपान्तरण भएपछिको पहिलो बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन २३ सदस्यलाई निर्देशन दिएको छ । तर बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने उपस्थित भएको छैन । वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतमा छन ।

उपाध्यक्ष वामदेव गौतम भने बैठकमा उपस्थित हुनुभएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सर्वोच्च अदालतको गएको फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकताअघिको अवस्थामा पुगेपछि एमालेको फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेकामा नेता नेपाल समूहले असन्तुष्टि जनाउँदै आएको थियो ।

खनाल–नेपाल समूहको हिजो बसेको बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *