तुलसीपुर, असार १८ । रोल्पाका दूई युवक तुलसीपुरका दूई बालीका बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।
रोल्पाको गंगादेब गाउँपालिका वडा नं. २ का १९ बर्षीय पोखराज वली र २३ बर्षीय देबराज वलीलाई दूई बालिका बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
पोखराजले १३ बर्षीया बालिका र देबराजले १६ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोग पछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार असार ललाई फकाई प्रलोभनमा पारी १५ गते राति दुबै जना आरोपितले ती दुई बाललिकालाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बस पार्कस्थित होटेल ग्रान्ड भ्याली लज एण्ड रेष्टुरेन्टमा लगेर जवरजस्ती बलात्कार गरेका थिए ।
आरोपित दुबै जनालाई प्रहरीले असार १६ गते पक्राउ गरि असार १७ गते दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि जबरजस्ती करणी शिर्षकमा मुद्दा चलाएर आवश्यक अनुसन्धान कार्य जारी रहेकोे जनाएको छ ।
स्रोतका अनुसार पछिल्लो समय गरिब बालिकाहरुलाई प्रलोभनमा पारी तुलसीपुरको बस पार्क क्षेत्रका केही होटेलहरुले यौंन धन्दा सञ्चालन गर्दै आएका छन् ।