असार १७। पछिल्लो २४ घण्टामा थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गरिएको थियो। ७१३० जनामा पिसिआर परीक्षण गरिएकोमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ हजार १७ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९१४५ पुगेको छ।
प्रकाशित मिति : २०७८ असार १७ गते बिहिवार