२०८१ चैत्र १४ गते बिहिवार

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

चितवन, असार १७। चितवनको राप्ती नगरपालिका-१२ पर्खालमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। अन्य तीन जना बेपत्ता भएका छन्। पहिरोले २ वटा घर र ती घरमा रहेका ४ जना मानिसलाई बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता भएकामध्ये एक पुरूषको शव घटनास्थलभन्दा ५० मिटर तल फेला परेको उनले बताए। पहिरोले एउटा गोठ बगाएको र उक्त गोठमा रहेको १६ वटा गाई, गोरु, दर्जन बढी बाख्रा बगाएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो २ बजेतिर कालिका-११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको छ। आफन्तको घर जाने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएका उनको शव पहिरो झरेको स्थानबाट १ किलोमिटर तल घैयावारी भन्ने स्थानको खोलाको छेउमा फेला परेको प्रहरीले जनाएको छ ।

राप्ती–९ रसौली स्थित लदरी खोलामा एक्कासि पानीको बहाव बढेपछि केही घर, कटेज र चौपाय बगाएको छ। लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड पनि अवरूद्ध छ।

उक्त सडकखण्डको केराबारीमा पहिरो खसेपछि सडक अवरूद्ध भएपछी दुइटा डोजर प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहेको छ । यो सडकखण्डमा बिहानैदेखि विभिन्न स्थानमा पहिरो झरिरहेको छ। चारकिलो र पाँचकिलोमा झरेको पहिरो पन्छाएको केही समयमा केराबारीमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *