२०८२ कार्तिक २४ गते सोमवार

लमही सामुहिक बलात्कार काण्ड : फरार अरबिन चौधरी पक्राउ

तुलसीपुर, असार १६ । लमहीको सामुहिक बलात्कार काण्डमा संलग्न थप एक जना आरोपितलाई प्रहरीले बुधबार बेलुकी पक्राउ गरेको छ । लमही नगरपालिका वडा नं. ६ देउपुरका २० बर्षीय अरबिन चौधरी बुधबार बेलुका पक्राउ परेका छन् । उनीमाथि असार ६ गते राति लमही ७ स्थित कमानपुरको जंगलमा दिदी बहिनीलाई बन्धक बनाई सामुहिक बलात्कारको अभियोग रहेको छ ।

लमही ६ स्थित राप्ती नदीको झुलुङ्गे पुल क्षेत्रबाट बेलुका साढे ७ बजेतिर चौधरीलाई प्रहरीले लखेटेर पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा संलग्न मध्य अब लमही ७ का २० बर्षका प्रेम परियार मात्रै फरार रहेका छन् । उनको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ । दिदी बहिनीलाई बन्धक बनाई रातभर सामुहिक बलात्कारको अभियोग खेपेका मध्य एक जना घटनाको दोस्रो दिन नै पक्राउ परेका थिए ।

यो पनि पढ्नुहोस :

दिदी बहिनीलाई बन्धक बनाई सामुहिक बलात्कार काण्डका ३ आरोपित बिरुद्ध ३ वटा शिर्षकमा मुद्दा दर्ता

 

प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *