२०८२ कार्तिक २५ गते मङ्गलवार

मनोपरामर्ष समूहले मेयरलाई प्रतिबेदन बुझायो

तुलसीपुर, असार १६ । तुलसीपुरमा गठित मनोपरामर्ष समूहले बुधबार तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई प्रतिबेदन बुझाएको छ ।
प्रतिबेदन नगरप्रमुख पाण्डेलाई मनोपरामर्ष समूहका संयोजक सुशील बस्नेतले बुझाएका हुन ।
कोरोना भाइरस संक्रमित, प्रभाबित ब्यक्ति, हुन सक्ने ब्यक्ति, परिवार र समुदायलाई मनोवल बढाउने उदेश्यका साथ बैशाख २९ गते उपमहानगरपालिकाले मनोपरामर्ष समूह गठन गरेको थियो ।
प्रतिबेदनमा यो अवधिमा समुहले सञ्चालन गरेका गतिबिधि,प्राप्त उपलब्धी , चुनाती र सुझाबहरु उल्लेख गरिएको छ ।
समूहले समुदायका बिभिन्न २३ संघ संस्थाहरुलाई स्वयंसेबी सेवा प्रदान गर्दै आएको थियो ।
त्यसक्रमाम मेयर पाण्डेले स्वयंसेवी भावनाले मनोपरामर्ष समूहले कोरोना महामारीको मानिसहरुमा मनोबल बढाउन खेलेको भूमिको महत्वपूर्ण रहेको भन्दै धन्यबाद दिएका थिए । डेढ महिना पछि बुधबार समूहको बिघटन गरिएको छ ।

प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *