२०८१ असार ८ गते शुक्रवार

तुलसीपुरको कट्कुँईयाँबाट १ लाख ९ हजार बढी रकमसहित ५ जुवाडे पक्राउ

तुलसीपुर, असार १६ । तुलसीपुरको कट्कुँईयाँबाट एक लाख नौं हजार बढी नगद रकमसिहत पाँच जुवाडे पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० बर्षीय समिर केसी, सोही ठाउँका ४३ बर्षीय केशब बिक, तुलसीपुर ८ कटकुँईयाका ३३ बर्षीय इश्वरीप्रशाद भुसाल, सोही ठाउँका २७ बर्षीय दूर्गाप्रशाद डाँगी र ३७ बर्षीय सुमन चौधरी जुवाको खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरिक्षक झलकप्रशाद शर्माको नेतृत्वमा खटेको टोलीले कटकुँईयाका बिष्णुप्रशाद शर्माको घरमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । घर बेटी भने घरमा नरहेको तथा महिला मात्रै घरमा रहेको हुँदा कसैलाई पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।

शर्माको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका अधारमा मंगलबार राति ११ बजेतिर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जुवामा छापा हान्न इप्रका तुलसीपुरका प्रहरी निरिक्षक शर्माको नेतृत्वमो जिल्ला प्रहरी कार्यालय घोराहीबाट समेत प्रहरी परिचालित भएको थियो ।

पक्राउ परेकाहरुको साथबाट एक लाख नौं हजार चार सय ७० रुपैंया नगद र जुवा खेल्न प्रयोग गरिएका तास समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई इप्रका तुलसीपुरको थुनामा राखेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरुका बिरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाएर कानुनी कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *