२०८१ असार ६ गते बुधवार

रुपेन्देहीमा कार दूर्घटना : काँग्रेस नेता भण्डारीको भाइको मृत्यु


बुटवल, असार १६ । रुपन्देहीमा भएको सवारी दूर्घटनामा परि त्रिभुवन विश्वविद्यालय खेलकूद निर्देशनालयका निर्देशक सहप्राध्यापक शंकर भण्डारीको मृत्यु भएको छ ।

रूपन्देहीको तिलोत्तमा २ योगिकुटी निवासी ५२ वर्षीय भण्डारीको रूपन्देही देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको बा १७ च ६०६६ नम्बरको कार दुर्घटना भई मृत्यु भएको हो ।

मंगलबार बेलुका करिब साढे ८ बजेतिर सडक छेउको कलभर्टमा कार ठोक्किएर पानी तालिएको पोखरीमा खस्न पुगेको थियो ।
दुर्घटनालगत्तै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पु¥याइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

भण्डारीसँगै थानेश्वर भण्डारीपनि संगै कारमा सवार रहेपनि उनको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृतक भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका सहोदर भाइ हुन ।

प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *