२०८१ असार १० गते आइतवार

सल्यानबाट आउँदै गरेको बस दूर्घटना, ८ जना घाइते

तुलसीपुर, असार १५ । सल्यानबाट बस तुलसीपुर तर्फ आउँदै गरेको बस दूर्घटना हुँदा आठ जना घाइते भएको छन् । सल्यानबाट नेपालगञ्जका लागि छुटेको रा १ ख २४३९ नम्बरको बस मंगलबार बेलुका पौने ७ बजेतिर दूर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

तुलसीपुर उपमहागनरपालिका वडा नं. ३ स्थित शिरखोलामा बस दूर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिए । दूर्घटनका घाइते सबैको उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको प्रहरी निरिक्षक शर्माले बताए ।

घाइते कसैको पनि पहिचान खुली नसकेको तथा सबै घाइतेको अवस्था सामान्ने रहेकोपनि प्रबक्ता शर्माले जानकारी दिए ।चिफ्लो र घुमाउरो सडक खण्डका कारण बस दूर्घटनामा परेको प्रहरी निरिक्षक शर्माले बताए ।बस सडक खण्डदेखि करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *