२०८१ असार ३ गते आइतवार

लुम्बिनी प्रदेशमा सवारी दुर्घटना परि एक बर्षमा ४८८ जनाको मृत्यु

दाङमा ६९ को मृत्यु

तुलसीपुर,असार १५ । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७७÷०७८ सवारी दुर्घटनाको संख्या घटेको भएपनि मृत्यु भने बढेको देखिएको छ । चालु आर्थिक वर्षमा १ हजार १ सय २१ सवारी साधन दुर्घटना हुँदा ४ सय ८८ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा १ हजार २२ वटा सवारी दुर्घटना भएका थिए । जसमा परि ४ सय ४९ जनाको मृत्यु भएको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार यस आर्थिक वर्षमा १ हजार १ सय २१ सवारी दुर्घटना हुँदा ४ सय ८८ जनाको मृत्यु भएको हो । कार्यालयका प्रमुख मधुशुधन लुइटेलका अनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरु रुपन्देहीमा २ सय ४३ वटा सवारी साधन दुर्घटना भएका छन ।

रुपेन्देहीमा १ सय २१ जनाको मृत्यु भएको छ । यो संख्या अन्य जिल्लाको तुलनामा सबै भन्दा बढी हो । दुर्घटनामा परि १ सय ७८ जना गम्भीर घाइतेका भएका छन ।त्यस्तै दाङमा २ सय सवारी दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको छ भने २ सय २८ जना गम्भिर घाइते भएका छन । रोल्पामा २१ सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १६ जना गम्भिर घाइते भएका छन । बाँकेमा १ सय ३७ सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ८६ जना गम्भीर घाइते भएका छन ।

कपिलबस्तुमा १ सय १५ सवारी दुर्घटना हुँदा ६५ जनाको मृत्यु भएको ८७ जना गम्भिर घाइते भएका छन । नवलपरासी पश्चिममा १ सय ७५ सवारी दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने २ सय ७ जना गम्भीर घाइते भएका छन । बर्दियामा ८५ सवारी दुर्घटना ३४ जनाको मृत्यु भएको छ भने ८६ जना गम्भीर घाइते भएका छन ।त्यस्तै प्युठानमा २१ सवारी साधन दुर्घटना हुँदा २४ जनाको मत्यु भएको छ भने २३ जना गम्भिर घाइते भएका छन । गुल्मीमा ३१ सवारी दुर्घटनामा २१ जनाको मत्यु भएको छ भने २९ जना गम्भीर घाइते भएका छन । पाल्पामा ५५ सवारी दुर्घटनामा १९ जनाको मत्यु भएको छ भने ४९ जना गम्भिर घाइते भएका छन ।

अर्घाखाँचीमा २४ सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने २३ जना गम्भिर घाइते भएका छन ।पुर्वी रुकुममा १३ सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख लुइटेलले जानकारी दिए । दुर्घटनामा परि पुरुष ३ सय ७७,महिला ७५, बालक ३० र बालिका ६ जना रहेका छन ।

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा परि एक वर्षमा १३ वटा पशुचौपाया समेत मरेका छ । बाँकेमा ९,बर्दियामा २, रुपन्देहीमा १ र कपिलबस्तुमा १ गरि १३ वटा पशु चौपायाले मरेका छन् । दुर्घटनाबाट ४ पशु चौपाया घाइते भएका छन । गत वर्ष ०७६÷०७७ मा सवारी दुर्घटनाबाट ५ पशुचौपायाको मरेका थिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख मधुशुधन लुइटेलका अनुसार अधिकांश दुर्घटना चालकको लापरवाहीले हुने गरेको ठहरिएको छ । यात्रुको गल्ति, ओभरटेक, तीब्र गति, मापसे, मोवाइल फोन, ओभरलोड चौपाया, यन्त्रिक गडबडी, सडक लगाएतका कारणले पनि सवारी दुर्घटना हुने गरेको उहाँको भनाई छ ।

यो वर्ष २ लाख १६ हजार ८ सय ८५ सवारी कारवाहीमा परेका छन । जसबाट १७ करोड ४३ लाख २० हजार ५ सय रुपैया राजश्व संकलन भएको छ । गत वर्ष ०७६÷०७७ मा १ लाख ५८ हजार १ सय १६ वटा सवारीलाई कारवाही गर्दा ९ करोड ८४ लाख ७५ हजार ५ सय रुपैया राजश्व संकलन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष राजश्व झन्डै दोब्बरले बढेको छ ।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *