२०८२ बैशाख ११ गते बुधवार

बणिज्य संघको आग्रह स्वीकार गरि दूई घर धनी सदभावका लागि अग्रसर बने

तुलसीपुर, असार १४ । तुलसीपुरका दूई ब्यबसायीले लकडाउने अवधिको एक महिनाको घर भाडा छुटको घोषणा गरेका छन् ।

तुलसीपुर उद्योग बाणिज्य संघको आग्रह स्वीकार गर्दै बिपदको समयमा ब्यबसायीका बीचमा माया र सदभाब कायम राख्न दूई ब्यबसायीले भाडा छुट दिने निर्णय गरेको हुन ।

ब्यबसायीहरु सुरेश हमाल र अनुपकुमार श्रेष्ठले आफ्नो घरमा भाडामा ब्यबसाय सञ्चालन गर्दै आएका ब्यक्तिलाई एक महिनाको भाडा नलिने घोषणा गरेका हुन ।

ब्यबसायी श्रेष्ठले सो बारे लिलित रुपमै तुलसीपुर उद्योग बाणिज्य संघलाई जानकारी दिएका छन् ।

बिपदको समयमा करिब १५ हजार बराबरको एक महिनाको भाडा ब्यबसायीलाई छुट दिने श्रेष्ठको निर्णयलाई तुलसीपुर बाणिज्इ संघले धन्यबाद ज्ञापन गरेको छ ।

अध्यक्ष रामप्रशाद चालिसे र महासचिब बिनिल केसीले संयुक्त बक्तब्य मार्फत ब्यबसायी श्रेष्ठलाई ब्यबसायी प्रति देखाएको माया र सदभावका लागि धन्यबाद दिएका छन् ।

यसअघि ब्यबसायी तथा त्रिशिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले पनि एक महिनाको घरभाडा छुट दिने घोषणा गरेका थिए ।

हमालले आफ्नो घरमा भाडामा बस्ने तथा ब्यबसाय गर्ने सम्पूर्ण ब्यक्तिलाई एक महिनाको भाडा नलिने सामाजिक सञ्जाल मार्फत घोषणा गरिसकेका छन् ।

हमालको काठमाडौं र तुलसीपुर समेत गरि मासिक झन्डै ६० हजार बराबरको घर भाडा छुट दिएको जानकारहरु बताउँछन् ।

कोभिड – १९ का कारण उद्योग ब्यबसाय सबै ठप्प रहेको समयमा भाडामा बस्ने ब्यबसायीहरुको पीडामा थोरै भएपनि मलहम पट्टी लगाउन आफुले भाडा नलिने निर्णय गरेको अध्यक्ष हमालले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *