२०८२ कार्तिक २२ गते शनिवार

बगाले खोलाले बगाएकी भण्डारी अझैं फेला परिनन्

तुलसीपुर, असार १३ । शनिबार दिउँसा घोराहीस्थित बगाले खोलाले बगाएकी एक महिला आइतबार दिनभर खोजी गर्दापनि फेला परिनन् ।

घोराही उपमहानगरपालिका वडा नं. ११ शिबपुर निबासी ५० बर्षीया मिना भण्डारीलाई जितपुरदेखि शिबपुरस्थित आफ्नो घर जाने क्रममा खोलामा आएको बाढीले बगाएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले भण्डारी बगेको सूचना पाएलगतै प्रहरी र स्थानीय मिलेर खोजी सुरु गरेपनि आइतबार बेलुका अबेरसम्म पनि भण्डारी फेला नपरेको फरककोणलाई बताए ।

बगाले खोला पत्रे खोलाको मुहान क्षेत्र हो । प्रहरीका अनुसार घटनास्थल घोराहीदेखि झन्डै ५ किलोमिटर उत्तर तर्फ पर्ने गर्छ ।
भण्डारी बगेको खवर पाए लगतैदेखि खोजी कार्य जारी राखेको भएपनि आइतबारपनि फेला पार्न नसकिएको डिएसपी रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *