२०८१ असार १० गते आइतवार

मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मी,असार १२ । गुल्मीमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

रुरुक्षेत्र गाउँपालिका(१ रिडीका ४० वर्षका सुन्दर श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रिडी बजारस्थित विनोद मोटर पार्टस ग्यारेजमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

उनको पाल्पास्थित मिसन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७८ असार १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *