२०८२ जेष्ठ ११ गते शुक्रवार

काँग्रेसले प्रादेशिक अस्पतालाई कन्सन्ट्रेटर हस्तान्तरण ग¥यो

तस्बिर ः फरककोण ।

तुलसीपुर, असार ११ । नेपाली काँग्रेसले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई एकथान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

कोभिड–१९ का बिरामीको उपचारमा सहयोग पुगोस भनेर नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले पठाएको उक्त कन्सन्ट्रेटर एक कार्यक्रमका बीच शुक्रबार बिहान हस्तान्तरण गरिएको हो ।

नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले बिदेशमा रहेका काँग्रेसका शुभेच्छुक संघ संस्थाहरुमा आवद्ध युवाहरुको सहयोगबाट उक्त कन्सन्ट्रेटर प्राप्त भएको जानकारी दिए ।

‘बिपदको समयमा हामी जो जहाँ रहेपनि एक भएर उभिनु पर्छ,’ सभापति खड्काले भने ‘आपसी सहयोग र सदभावबाट मात्रै कोरोना भाइरसलाई प्रास्त गर्न संभव हुने छ ।’

उनले प्रदान गरिएको उपकरणको सही सदुपयोग गर्न आग्रह पनि गरे ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं। ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्का, पूर्व सांसद तथा नेपाली काँग्रेस दाङका पूर्व सभापतिहरु गेहेन्द्र गिरी, घनश्याम रेग्मी, नेता केशब आचार्य, नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्ती, क्षेत्रीय प्रतिनिधि जागेश्वर खड्का, नेबिसंघका नेता खेमराज बिक लगाएतको उपस्थिति रहेको थियो ।

अक्सिजन कन्सन्ट्रेटर बुझ्दै राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। बिनोद सिंहले सहयोगका लागि नेपाली काँग्रेसका नेताहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सहजिकरण नेपाली काँग्रेस क्षेत्र नं। ३ का सचिव तथा नेपाली काँग्रेस दाङका कोरोना फोकल पर्सन चुर्णबहादुर चौधरीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *