२०७८ साउन २० गते बुधवार

तुलसीपुरको बजेट झन्डै साढे ३ अरब

गत बर्ष भन्दा १ अरब बढी, बिकास तर्फ झन्डै ५० प्रतिसत

तुलसीपुर, असार ९ । तुलसीपुर उपमहानगरपालिकाले अगामी आर्थिक बर्षको बजेटको सिलिङ निर्धारण गरेको छ ।उस्ले झन्डै साढे ३ अरब बराबरको बजेट ल्याउने तयारी गरेको छ । गत बर्षको तुलनामा यो बजेट एक अरब भन्दा बढी हो । चालु आर्थिक बर्षमा २ अरब ३४ करोड ३७ लाख, ६४ हजार विनियोजन गरिएको थियो ।

बिहीबार ९औं नगरसभामा उपप्रमुख माया आचार्यले आर्थिक बर्ष २०७८ ÷०७९ का लागि ३ अरब ३९ करोडको हाराहारीमा बजेट ल्याउने नगर प्रवक्ता श्याम डाँगीले बताए । विनियोजित बजेट मध्य सबै भन्दा बढी विकास तर्फ एक अरब ६२ करोड १६ लाख छुट्याइएको डाँगीले बताए ।बिकास बजेट प्रक्छेपन गरिएको कुल बजेको ४७.७० प्रतिशत हो ।

नगरले सामाजिक सुरक्षा तर्फ ४० करोड र चालुतर्फ एक अरब ३५ करोड बजेट विनियोजन गर्ने भएको छ । नगरले प्रत्यके वडाका लागि एक रोड ७० लाख बजेट दिने भएको छ ।

त्यस्तै कार्यपालिका सदस्यहरुको सिफारिसमा प्रति व्यक्ति ४० लाख बजेट छुट्याएको छ । मनोनित कार्यपालिकामा सदस्यको संख्या ७ जना रहेको छ ।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *