तुलसीपुर, असार ८ । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्धरहेका दाङका रोमहर्ष भण्डारी अबदेखि नेपाली काँग्रेसको महासमिति सदस्यमा चयन भएका छन् ।
गत बर्ष नै सुनिलबहादुर थापा नेतृत्वको राप्रपा नेपाली काँग्रेसमा समायोजन भएको थियो ।
सोही समायोजन समितिको निर्णय अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१० का स्थायी बासिन्दा भण्डारी काँग्रेसको महासमिति सदस्य चयन गरिएका हुन ।
भण्डारी राप्रपाका पूर्व केन्द्रीय सदस्य हुन । जस्ले जीवनको उर्जासिल सबै समय राप्रपामा बिताएका थिए । तर, जीवनको उताद्र्धमा भने भण्डारी नेपाली काँग्रेसको नेता बन्न सफल भएका छन् ।
करिब दूई महिना पहिला मात्रै नेता भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा निवासमा पुगेर काँग्रेसको साधारण सदस्य लिएका थिए ।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार