
दाङ, असार ८ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चार जना कर्मचारीले सिन्धुपाल्चोकका बाढी पीडितहरुका लागि भनेर आर्थिक सहयोग पठाएका छन् ।
प्रतिष्ठानका फाइनान्स म्यानेजर कैलाशप्रसाद देब, शाखा अधिकृतहरु रमिता गौतम, श्रीराम चौधरी र आइटी अधिकृत हिरालाल भण्डारीले २१ हजार सहयोग गरेका हुन ।
उनीहरुले सोमबार प्रधानमन्त्री दैबिक उद्धार कोषमा उक्त सहयोग रकम जम्मा गरेको जानकारी दिएका छन् ।
बिपदमा परेकाहरुको साहेताका लागि भनेर उनीहरुले बिगत केही समयदेखि मासिक रुपमा ५ सय रुपंैया संकलन गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार