दाङ,असार ७ । दाङको घोराहीमा एक जना युवा मृत अवस्थामा फेला परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ कल्पु धर्मशाला नजिकै रहेको पाल्पाली होटलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
मृतक व्यक्ती घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी अन्दाजी ३५ वर्षिय आकाश खड्का रहेको प्रहरीले जनाएको छ ।
उनी सोमबार बिहान करिब ७ बजेतिर मृत अवस्थामा फेला परेको थिए ।
आइतबार बेलुका होटलमा बास बस्न आएका खड्काले अत्याधीक मापसे गरेर बोमिट गरेको फेला परेको उनले बताए । साथै घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार