२०७८ साउन २० गते बुधवार

पक्राउ परेको २४ दिनपछि मानबहादुर रावतसहित ३ जना जनही ५० हजार धरौटीमा छुटे

दाङ, असार ६ । नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिटको आरोप खेपेका दाङ तुलसीपुर मानबहादुर रावतसहित ३ जना जनही ५० हजार धरौटी राखेर रिहा भएका छन् । गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उपचारमा लापरबाही भएको भन्दै तुलसीपुरको उरहरी निवासी मानबहादुर रावत,भरत रावत र लोकराज रावतले अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुमाथि कुटपिट गर्नुका साथै अस्पतला भित्र चोडफोड गरेको अभियोगमा पक्राउ परेका थिए ।

पक्राउ परेको २४ दिन पछि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतसहित तीन जना जिल्ला अदालतको आदेशमा रिहा भएका हुन । बाँके जिल्ला अदालतका न्यायाधिश श्याम सुन्दर अधिकारीको एकल इजलाशले मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई पूर्पक्षका लागि जनही ५० – ५०  हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

बाँके जिल्लाका अदालतका श्रेष्तेदार तिर्थ भट्टले तोकिएको धरौटी बुझाएर तीनै जना आइतबार नै रिहा भएको बताए ।
आफुहरुमाथि अस्पताल भित्रै आक्रमण भएको भन्दै अस्पतालका डाक्टर र नर्सहरु सोही दिन राति काम छोडेर बिरोध पर्दशनमा उत्रिएका थिए ।

डाक्टर नर्सहरु आन्दोलनमा उत्रिएपछि सोही दिन राति प्रहरीले उनीहरु तीन जनालाई नियन्त्रणमा लिएर थुनामा राख्दै आएको थियो ।

उक्त घटनाको चौतर्फी निन्दा भत्र्सना भएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो। उक्त समितिले घटनाको ५ दिनपछि २५ पृष्ठ लामो प्रतिवेदन बझाएको थियो ।

स्वास्थ्यकर्मीमाथि कुटपिटपछि घटनाको बिरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललगायतले बिज्ञप्ति मार्फत दोषीमाथि कारबाहीको माग गरेका थिए ।

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *