२०८१ बैशाख ८ गते शनिवार

पृथली कुईरेसोता सिँचाई कृतिम जलाशय आसपासको ३ बिघा क्षेत्रफलमा बृक्षारोपण

कपिल लामिछाने,तुलसीपुर,असार ६ । प्राकृतिक प्रकोपबाट हुने क्षतिको असरलाई मध्येनजर गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ दुधरास स्थित पृथली कुईरेसोता सिँचाई कृतिम जलाशय आसपासमा बृक्षारोपण गरिएको छ ।

आइतवार एक कार्यक्रमको आयोजना गरि बृहत दाङ उपत्यका सिंचाई आयोजना मार्फत बनेको कृतिम जलाशयको अन्दाजी ३ बिघा क्षेत्रफलमा पृथली कुईरेसोता सिँचाई उपभोक्ता समिति, कात्तिके सामुदायिक रानी वनका करिव १ सय भन्दा बढि उपभोक्ताहरुको सहभागितामा २ सय बढी बृक्षारोपन कार्यक्रम गरिएको हो ।

पृथली कुईरेसोता सिँचाई जल उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का सदस्य धनबहादुर बस्नेतले प्राकृतिक जोखिमलाई कम गर्नका लागि प्रत्येक बर्ष बृक्षारोपन गर्न सकेमा माटो अन्यत्र कतै बगेर नजाने र सबै नागरिकले सधै स्वच्छ अक्सिजन पाउने बताए ।

उनले यो कार्यलाई वडा नं १८ ले प्रत्येक वर्ष प्राथमिकता राखेर काम गरिरहेको पनि जानकारी दिए ।

दिनहुँ भईरहेका रुख कटानीका कारण बातावरणमा परेको असरलाई मध्येनजर गर्दै बृक्षारोपन गरेको र आगामी दिनहरुमा पनि यसरी नै बातावरणको रक्षाका लागि यस्ता कदमहरु अगाडि बढाईरहने उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर बस्नेतले बताए ।

स्थानीय बुद्धिजिवी खिमबहादुर डाँगीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कात्तिके सामुदायिक रानी बनका अध्यक्ष रेशमबहादुर बस्नेत गरेका थिए ।

 

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *