सुर्खेत, असार ६ । नेपाली कांग्रेसकाका पूर्व सुर्खेत जिल्ला सभापति तप्तबहादुर बिष्टको कोरोना भाइसको संक्रमणका कारण मृत्यु भएको छ।एंव पूर्वसञ्चार राज्यमन्त्री समेत रहेका बिष्टको आइतबार बिहान पाँच बजेतिर काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
सुर्खेतमा कोरोना संक्रमण भएका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं लगिएको थियो ।
बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए।
बिष्टको मृत्यु पछि कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।उनले बिष्टको निधनको खबरले आफू दुःखी भएको उल्लेख गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नेता बिष्ट एक निष्ठावान नेता रहेको तथा उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगको ट्वीटमा लेखेका छन् ।