२०८२ मङ्सिर १ गते सोमवार

दाङमा एक बिरुवा हुर्काउनेलाई ३ रुपैंया अनुदान

दाङ, असार ५ । दाङमा एउटा बिरुवा रोपेर हुर्काउनेलाई तीन रुपैंया अनुदान प्रदान गरिने भएको छ ।डिभिजन वन कार्यालय दाङले जडिवुटीका बिरुवा लगाउने र हुर्काउने किसानलाई प्रोत्साहन स्वरुप प्रति विरुवा तीनरुपैंया नगद अनुदान उपलब्ध गराउने नीति अघि सारेको छ । वन कार्यालयले आवश्यक बिरुवापनि निशुल्क प्रदान गर्ने भएको छ ।दाङ जिल्लाको उत्तर भेगमा सुगन्धकोकिला (मालगेडी), टिमुर, दालचिनी, कुरीलो, अमला, सर्पगन्धा लगाएतका जडिबुटीको व्यावसायिक खेतिको प्रचुर संभावना छ ।

त्यही कुरालाई मध्यनजर गर्दै वन कार्यालयले जडिबुटी खेतिमा किसानलाई प्रोत्साहन गर्न त्यस्तो नीति अघि सारेको हो ।
सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङको सहकार्यमा किसानलाई राहत र प्रोत्साहन कार्यक्रम अघि बढाइएको डिभिजन वन कार्यालयय दाङका प्रमुख बिजयराज सुवेदीले जानकारी दिए ।

सहकारी मार्फत जडिबुटी बिस्तार कार्यक्रमबाट यो बर्ष करिव ७५ हजार बिरुवा रोप्ने नीति लिइएको सेबेदीले बताए ।
जडिबुटीको पकेट क्षेत्र मानिएको जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका ५ र घोराही उपमहानगरपालिकाका २ वटा वडाहरुमा गरि ७ वटा वडा जडिवुटी खेति बिस्तार कार्यक्रम सुरु गर्न थालिएको छ ।

सहायक वन अधिकृत एवं सूचना अधिकारी खिमबहादुर केसीले आफ्नो खेर गईरहेको वा कम उत्पादनशिल निजी जमिनमा जडिबुटी खेति गरि किसानलाई व्यवसायिक र उद्यमी बनाउने उदेश्यका साथ अभियान सुरु गरिएको तर्क गरे ।

तर, त्यसका लागि किसानले कम्तिमा दुई कठ्ठा क्षेत्रफलमा बिरुवा रोपेको हुनुपर्ने छ । २ कठ्ठा जमिनमा ५÷५ मिटरको दुरिमा पुरै जग्गामा जडिबुटीका बिरुवा लगाउँदा करिव २५ वटा बोट लगाउन सकिने केसीले अनुमान गरे ।

त्यसरी लगाईएका जडिबुटीका विरुवा हुर्काउने किसानलाई अनुगमन पछि प्रति जिवित विरुवा ३ रुपैंयाका दरले स्याहार संभार स्वरुप प्रोत्साहन प्रदान गरिने भएको छ । सर्वोत्तम बहुउद्देश्यी सहकारी संस्था दाङका अध्यक्ष ध्रुवराज पौडेलले जडिबुटीको बिरुवा रोप्न चाहने किसानको लगत संकलन गर्ने काम भइरहेको जानकारी दिए ।

प्रत्येक वडामा एक जनाका दरले सात जना सहजकर्ता रसहकर्तालाई परिचालन गर्न एक जना सुपरभाईजरपरिचालन गरि अहिले किसानले लगाउन खोजेको जडिबुटीको बिरुवा, जडिबुटीको जात र परिमाणको बारेमा बिबरण संकलनको काम भइरहेको सूचना अधिकारी केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *