२०७८ साउन २० गते बुधवार

तुलसीपुर–घोराही फोरलेन सडक, २ बर्षमा ६ प्रतिशत कार्यप्रगति

ठेकेदारमाथि कारवाहीको तयारी

घोराही , असार ५ । तुलसीपुर– घोराही फोरलेन सडक खण्ड बिस्तार अभियान कछुवा गतिमा भइरहकेको छ ।जिल्लाकै गौरवको सडक स्तरोन्नती योजना फोरलेन सडकमा हालसम्म ६ प्रतिसत मात्र कार्यप्रगति देखिएको छ ।समयमै काम नुहँदा सडक खण्ड जोखिमयुक्त बनेको छ । दूर्घटना बढेका छन् ।

सडक बिस्तारको कार्य तीन बर्षमा निर्माण पुरा गरि सक्नुपर्ने सम्झौंता छ । तर, दूई बर्षको अबधिमा कामको प्रगति ६ दशमलव ६ प्रतिसत मात्रै देखिएको नेपाल सरकार फोरलेन सडक स्तरोननती परियोजनाको कार्यालय लमहीले जनाएको छ । परियोजनाले यो अवधिमा कम्तिमापनि ३० प्रतिसत कार्यप्रगतिको लक्ष लिएकोमा जम्मा ६ प्रतिसत मात्रै भएको देखाएको छ ।

‘यो अवधिमा कम्तिमा ३० प्रतिसत कार्यप्रगति हुनुपर्ने थियो, त, ६ दशमलव ६ प्रतिसत मात्र्र कार्यप्रगति भएको देखिएको छ,’ परियोजना कार्यालय लमहीका प्रमुख इन्जिनियर पारश हमालले भने ‘सवै कारणले यो निर्माण कम्पनी कारवाही गर्न लायक रहेपनि कोभिडका कारण जोगिदै आएको छ ।’

सुरुका बर्षमा विद्युत पोल सार्न ढिलाई भएको वाहना बनाएको कम्पनीले अर्को बर्षदेखि लकडाउनलाई वाहना बनाएको थियो । हालसम्म निर्माण कम्पनीले परियोजनाबाट १० करोड मोविलाईजेशन खर्च स्वरुप रकम लिएपनि कार्यप्रगती सञ्तोषजनक नभएकाले अघिल्लो बर्षनै परियोजनाले पेनाल्टी स्वरुप बैंक व्यालेन्सबाट रकम खिचेको थियो । तर, यस पटक भने परियोजनाले कार्य प्रगतिको बिलनै पेस नगरेको स्रोतले जानकारी दिएको छ ।

भारत सरकारको सहयोगमा सम्पन्न हुने सो सडक स्तरोन्नतिको जिम्मा भारतको मुम्वै स्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्टर प्रालीले पाएको छ । तर, उस्ले नेपालकै पेटी ठेकेदारलाई काम सुम्पिएको छ । कम्पनीले परियोजनामा पत्र पठाएर विद्युतका पोल सार्न ढिलाई भएको जनाएपछि पहिलो पटक ६ महिनाको म्याद थपिएको थियो । त्यसपछि कोरोना भाइरसका कारण भएको लकडाउनको वाहनामा फेरि ३ महिना म्याद थप भएको छ । तर, निर्माण कम्पनीले भने विगत एक बर्षदेखि साइटमा काम नै गरेको छैन । काम ठप्प पारेको छ ।आधिकारिक रुपमा तथ्य इञ्जिनियरिङ देखिएपनि तुलसीपुरका प्रतिनिधि जनक डाँगी र अनुप पाण्डेले काम गराउँंदै आएका थिए ।

तर, अघिल्लो बर्ष नै डाँगी तथ्य इन्जिनियरिङको प्रतिनिधिबाट वाहिरी सकेका छन् । त्यसपछि अनुप पाण्डे मार्फत काम भइरहेको परियोजनाका प्रमुख इञ्जिनियर हमालले जानकारी दिए । अनुप तुलसीपुरका मेयर घनश्याम पाण्डेका छोरा हुन ।
खासमा अन्तराष्ट्रिय निर्माण कम्पनीले आधिकारिक रुपमा पेटी ठेक्का दिने प्राबधान भने छैन ।

घोराहीको कुईरेपानीदेखि कटुवाखोलासम्म, डिके पेट्रोलपम्पदेखि गुर्जेखोला पुलसम्म, नारायणपुरदेखि खैरा सम्म, दुधरासदेखि हात्तिखौवासम्म फोरलेन सडक स्तरोन्नतिका लागि १ करोड २१ लाख ८२ हजारमा ठेक्का संझौता भएको थियो ।
जो करिव १ अर्व ३६ करोड जति नेपाली रुपंैया हुन आउँछ । संझौता भएको ३० महिनामा काम सक्ने भनिएपनि निर्माणको काम सुरु हुन नै ६ महिना ढिला भएको थियो ।

‘संझौता ३० महिनामा सक्ने भन्ने थियो, तर केही समय पोल हटाउन समय लागेकाले ६ महिना थप भयो,’ इञ्जिनियर हमालले भने ‘त्यसपछि कोभिड वापतको ३ महिना म्याद थपिएको छ, तर यो बीचमा पनि काम भने सवै तवरले अत्यन्तै सुस्त छ ।’
अझ पछिल्लो समयमा वर्तमान सरकारले हालै गरेको बजेट बक्तब्यमा फेरि म्याद थप्ने भनेकाले यो परियोजनाको काम अझै पनि अनिश्चित बन्ने देखिएको छ ।

अनेत्र लकडाउनमा पनि अन्य परियोजनामा काम भइरहेका छन् । सरकारले पनि विकाश निर्माणका कामसंगै राष्ट्रिय गौरवका योजनालाई काम नरोक्ने भनेको छ । तर, तुलसीपुर– घोराही फोरलेन बिस्तारको काम भने पेटी ठेक्का लिने ब्यक्तिकै कारण समयमै हुन नसकिरहेको हो ।

तथ्य इन्जिनियरिङ कम्पनीलाई पटक÷पटक पत्राचार गरेपछि पछिल्लो समयमा उस्ले भारतको एक्जिम बैंकमा प्रतिवद्धता सहितको पत्र पठाएर लकडाउन सकिएलगत्तै तदारुकताका साथ काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकाले ठेक्का रद्दको काम रोकीएको जानकारहरु बताउँछन ।

लकडाउन सकिएको केही समयभित्रै काम सञ्तोषजनक रुपमा सुरु नभए कारवाही प्रक्रिया पुनः अघि बढ्ने नेपाल सरकार फोरलेन सडक परियोजनाले जनाएको छ । यसै परियोजना अन्तर्गत दाङसहित भालुवाङ–वाग्दुला र चन्द्रौटा—कृष्णनगरमा पनि यस्तै मापदण्डको सडक स्तरोन्नतीको काम भइरहेको छ ।

भालुवाङ–बाग्दुला सेक्टरमा काम सञ्तोषजनक नभएको भन्दै निर्माण ठेक्का समेत रद्द भइसकेको छ । त्यस्तै चन्द्रौैटा–कृष्णनगरको काम भने दाङको भन्दा सञ्तोषजनक रहेको परियोजना प्रमुख हमालले जानकारी दिए ।

‘सर्त अनुसार काम किन भएन भनेर स्पष्टिकरणसहित कामगर्न आउनु भन्ने पत्र लेखेका थियौं,’ हमालले भने ‘ भारतको एक्जिम बैंकमा आएर कोभिड सहज भएलगत्तै काम गर्छु भनेर लेटर दिएको छ ।’उनले लकडाउन खुलेपछि पनि काम भएन भने ठेक्का तोड्ने प्रक्रिया तत्कालै सुरु हुने जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *