तुलसीपुर, असार ३ । घोराहीमा ट्याक्टरको ठक्करबाट एकजना पैदल यात्रुको घटनास्थमै मृत्यु भएको छ । रा १ त ३२६९ नम्बरको ट्याक्टरले कपासीबगियामा स्थानीय ४७ बर्षीय खलसिंह बिकलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले बिहीबार बेलुका ८ : २० बजेतिर तुलसीपुर घोराही सडक खण्ड अन्तरगत घोराही १६ कपासी बगियामा उक्त ट्याक्टरले पैदल हिडिरहेका बिकलाई ठक्कर दिएको थियो ।
प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार