२०७८ साउन २० गते बुधवार

महानगरपालिका बनाउने मुख्यमन्त्रीको घोषणा– एमाले दाङका अध्यक्ष खड्काले गरे बिरोध

तुलसीपुर, असार ३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर र घोराहीलाई समेटेर महानगरपालिका बनाउने घोषणा गरेपछि त्यसको उनकै पार्टीका नेताहरुले समेत बिरोध जनाएका छन् ।

नेकपा एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज समेत रहेका मुख्य मन्त्रीको गृह जिल्ला दाङका एमाले अध्यक्ष टीकाराम खड्काले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै तुलसीपुर र घोराहीलाई जोडेर महानगरपालिका बनाउने घोषणाको बिरोध गरेका छन् ।

‘ बिना पूर्वाधारको घोषणा मात्रैले महानगर बन्नै सक्दैन,’ अध्यक्ष खड्काले अगाडि लेखेका छन् ‘ कर असुल्ने मात्र माध्यम बनाउनु हुँदैन, पहिले पूर्वाधार निर्माण गरौं, त्यसपछि गरौंउला महानगर ।’

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा दाङका तुलसीपुर र घोराही, बाँकेको कोहलपुर र नेपालगञ्ज र रुपन्देहीको बुटलव र भैरहवा उपमहानगरपालिकालाई जोडेर महानगरपालिका बनाउने कुरा गरेपछि त्यसको पक्ष र बिपक्षमा स्वरहरु सुनिन थालेका छन् ।

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *