२०८१ असार ९ गते शनिवार

अपडेट : सल्यानमा नदीको भंगालोमा फसेका १२ किसानको सकुशल उद्धार

दूई हल गोरु भने खेतमा बाँधेर छोडियो

दाङ, असार ३ । सल्यानको शारदा नगरपालिका वडा नं. ६ बरलास्थित शारदा नदीको बीचको भंगालोमा फसेका १२ जना किसानको बिहीबार बेलुकी सकुशल उद्धार गरिएको छ । बिहीबार बेलुका पौने ७ बजेसम्म ३ महिला र ९ पुरुष गरि १२ जनाकै सुरक्षाकर्मीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोबिन्द थापाले जानकारी दिए ।

तीन घर परिवारका ती १२ जना किसान बिहीबार बिहान १० बजेतिर नदीको अवस्था सामान्ने हुँदा दूई भंगालो बीचको खेतमा धान रोप्न भनि गएका थिए । तर, दिउँसो १२ बजेपछि नदीमा ठूलो बाढी आएपछि उनीहरु बीच भागमा फसेका थिए । त्यसपछि उनीहरुको उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित कबिर ५० जना जति सुरक्षाकर्मी घटनास्थलमा खटिएको डिएसपी थापाले बताए ।

नदी बीचको भंगालोमा फसेकाहरुको उद्धारका लागि हेलिकोप्टर मागिएपनि खराब मौसमका कारण आउन नसकेपछि डोरीमा स्टे«चर बाँधेर किसानको उद्धार गरिएको थापाले बताए ।

एकापट्टी डाँडोको रुखमा र अर्कौ तर्फ बीचको पोलमा डोरी बाँधेर किसानको उद्धार गरिएको डिएसपी थापाले जानकारी दिए । झन्डै ६ घन्टाको मेहनत पछि उनीहरुको उद्धार गरिएको थियो । तर, गोरुलाई स्टे«चरमा राखेर उद्धार गर्न नसकेपछि दूई हल गोरुलाई खेतको बीचमा बाँधेर राखेको डिएपपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *