२०८२ कार्तिक २४ गते सोमवार

सल्यानमा धान रोप्न गएका १२ किसान नदीको भंगालोमा फसे

८ जनाको सकुशल उद्धार, ४ जनाको उद्धार कार्य जारी


दाङ, असार ३ । सल्यानको शारदा नगरपालिका वडा नं. ६ बरलास्थित शारदा नदीको बीचको भंगालोमा फसेका १२ किसान मध्य ८ जनाको सकुशल उद्धार भएको छ । बिहीबार बेलुका पौने ७ बजेसम्म ८ जनाको सकुशल उद्धार भएको र थप ४ जनाको उद्धार हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोबिन्द थापाले जानकारी दिए ।

तीन घर परिवारका ती १२ जना किसान बिहीबार बिहान १० बजेतिर नदीको अवस्था सामान्ने हुँदा दूई भंगालो बीचको खेतमा धान रोप्न भनि गएका थिए । उनीहरु ३ जना महिला र ९ जना पुरुष गरेर १२ जना नदीको बिच भागमा फसेपछि उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरीसहित ४५÷५० जना जति सुरक्षाकर्मी घटनास्थलमा खटिएको डिएसपी थापाले बताए ।

धान रोप्दै गर्दा मध्यान्ह १२ बजेतिर शारदा नदीमा ठूलो बाढी आएपछि उनीहरुले उद्धारको लागि हारगुहार गरेको हुँदा नेपाली सेनासहितको टोली उद्धारमा खटिएको थियो ।

नदी बीचको भंगालोमा फसेकाहरुको उद्धारका लागि हेलिकोप्टर मागेपनि खराब मौसमका कारण आउन नसकेको हुँदा स्टे«चरको सहयोगमा आठ जनाको उद्धार गरिएको हो । त्यसका लागि एकापट्टी डाँडोमा डोरी रुखमा र अर्कौ डोरी खम्बामा बाँधेर उद्धार कार्य भइरहेको डिएसपी थापाले बताए । उनले अबको आधा घन्टा भित्र सबैको उद्धार भइसक्ने पनि जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *