२०७८ साउन २० गते बुधवार

‘विपतमा हामी साथमा छौं’ 

तुलसीपुर, असार ३ । गाउँ–गाउँसम्म एकाएक संक्रमण फैलन थालेपछि हामी घरमा निदाउन सकेनौं ।

‘विभिन्न सामाजिक सञ्जालहरुमा आएका अक्सिजन अभावका समाचारले हामीलाई पलपल व्युँझाइ रहन थाल्यो,’ अरुण लहरेले भने ‘ जव कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमणले दाङ जिल्ला आहत र त्रसित बन्न थाल्यो, हामीले सुरु गर्यौ संक्तमितहरुलाई सहयोग अभियान ।’ त्यो अभियान युथ अफ तुलसीपुरको नामबाट सुरु भयो ।

अहिले पनि यो समुह रेडि टू हेल्पको पोजिसनमा रहेको उनीहरु बताउँछन् ।

‘हरेक विपतमा हामी साथ छौं’, अभियानका संयोजक तथा अरुण लहरेले भने ‘अस्पतालमा बिरामीको लागि अक्सिजन जोहो गर्ने कार्यमा पनि हामी खट्यौं ।

यत्ति मात्र होइन, वेड नै पाउन नसकेको अवस्थामा जिल्लामा कतिपय संक्रमित होम आइशोलेसनमै बस्न बाध्य भए ।

जव बिरामीको अक्सिजन लेवल घट्दै जान थाल्थ्यो, तब फेसबुकमा आग्रह आइरहेका हुन्थे, केही गर्दापनि अक्सिजन पाइएन भन्ने खाले ।

त्यस्तोमा संक्रमितलाई प्राणवायुको ब्यबस्थापन गर्न नेपाल विद्यार्थी संघका जिल्ला कोषाध्यक्ष समेत रहेका लहरेले चलाएको अभियानले धेरैलाई राहात मिल्यो । जतिवेला जिल्लाका अस्पतालहरुमा अक्सिजनको चरम अभाव थियो ।

अक्सिजनकै अभावमा एकै दिन वेलझुण्डी कोरोना अस्पतालमा आठ जनाको मृत्यु भएको थियो ।

त्यो खवरपछि झनैं युवा अभियान थप सक्रिय पारिएको लहरेले बताए ।

‘हामी मध्यरातमा अक्सिजन बोकेरै पनि संक्रमितहरुको घरसम्म पुग्यौं,’ लहरेले भने ‘बजारमा अक्सिजन नपाउँदा विभिन्न स्थानबाट जोहो गरेरै पनि केही शिलिण्डर संक्रमितहरुको घरसम्म पु¥याएका थियौं, हाम्रो प्रयासले ती बिरामी बाँचेको देख्दा आज अति खुसी लाग्छ ।’

युवा अभियानका अभिभावक तथा सल्लाहकार तरुण दल दाङका जिल्ला अध्यक्ष टिका घर्तीले उतिबेला चरम अभावको क्षणमा पनि अक्सिजन शिलिण्डरको जोहो गरी ८ जना विरामीलाई निको पार्न सहयोग गरेको जानकारी दिए ।

आज युवाहरुको अभियान कोरोना भाइरसको संक्रमणका कारण रोजिरोटी गुमाएका र बिहान बेलुका छाकटार्न समस्या भइरहेका ब्यक्ति तथा परिवारका लागि खाध्यान्न सहयोग गर्न केन्द्रित बनेको छ ।

युथ अफ तुलसीपुरमा आवद्ध युवाहरुसंगै यो अभियानमा विदेशमा रहेका नेपालीहरुले समेत आर्थिक सहयोग गरीरहेका छन् ।

खाडी मुलुकदेखि युके, क्यानाडा, अष्ट्रेलिया लगायतका मुलुकमा रहेका नेपालीहरुबाट सहयोग प्राप्त हुन थालेपछि युवा अभियान तुलसीपुर र पश्चिम दाङमा मात्र सिमित रहेन ।

बवईदेखि कोईलाबाससम्म सहयोगको अभियान जारी रहेको अध्यक्ष घर्तीले बताए ।

कोइलाबा पुगेर १० परीवारलाई खाध्यान्न सहयोग गरिएको घर्तीले बताए ।

उनीहरुको अभियानमा पुर्व सांसद गेहेन्द्र गिरी, नेविसंघका नेता राजमुमार डाँगी लगायतको पनि साथ सहयोग छ ।

सानो एक वोरा चामल, एक पोका नुन, खानेतेल, दाल र मैदा सहितको सानो प्याकेज लिएर उनीहरु विपतमा परेकाहरुलाई सहयोग दिने गर्छन ।

उनीहरुले यो बीचमा घोराही उपमहानगरपालिका १५ पद्मोदय पव्लिक नमुना माविमा अध्ययनका लागि डेरामा बसेका विद्यार्थीलाई पनि खाध्यान्नन सहयोग गरेका छन् ।

तुलसीपुरका १ सय ५० परीवारलाई खाध्यान्न सहयोग गरेको अभियान्ताहरुको दाबी छ ।

दंगिशरण र शान्तिनगरमा केही मानिसलाई उनीहरुले सहयोग गरेका छन् ।

हालसम्म करिव दूई लाख ८० हजार रुपैंया बरावरको सहयोग बितरण भइसकेको अभियान्ताहरुले बताएका छन् ।

‘रोजगारी गुमाएका र साँझ बिहानको छाक टार्न समस्या भएका जो कोहीलाई पनि आफुलहरुले सहयोग गर्ने गरेको लहरेले बताए ।

भबिस्यमा पनि कुनैपनि बिपदमा परेका ब्यक्तिहरुलाई सहयोग अभियान जारी रहने लहरेले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *