तुलसीपुर, असार १ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले बितेको चार बर्षमा आफुले तुलसीपुरबासीले गौरब गर्ने गरि काम गरेको बताएका छन् ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बारे जिल्लाका सञ्चारकर्मीहरु संग परामर्ष लिनका लागि मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा मेयर पाण्डेले त्यस्तो दाबी गरेका हुन ।
टरिगाउँ एयरपोर्ट सञ्चालन गर्नु, बसपार्क निर्माण गर्नु, मेट्रो कलेजको स्थापना, तुलसीपुर बहुप्राबिधिक शिक्षालय स्थापना, तुलसीपुर मेट्रो हस्पिटल सञ्चालन गर्नुलाई उनले नेपालकै स्थानीय सरकारले गरेका मध्य नमुना कामको रुपमा अथ्र्याए ।
त्यस्तै उनले मातृ मृत्यु दरलाई शून्यमा झार्न सफल भएको बताए । (हेर्नुहोस भिडियो)
प्रकाशित मिति : २०७८ असार २ गते बुधवार