२०८१ बैशाख ७ गते शुक्रवार

अबदेखि नेपाली महिलाले पनि भारतीय सेनामा भर्ती हुन पाउने

काठमाडौं, जेठ ३१ । अबदेखि नेपाली महिलाहरूका लागि पनि भारतीय सेनामा भर्ती खुला हुने भएको छ ।
नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा भर्ना हुन पाउने जानकारी दिएको हो।

उस्को सूचनामा १० कक्षा उत्तिर्ण गरेका, १७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिन सक्ने उल्लेख छ । अर्कौ मापदण्डमा महिलाको उचाइ १५२ सेन्टिमिटर हुनुपर्ने दुताबासले उल्लेख गरेको छ ।

वीर नारीहरूको हकमा भने ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ। भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरूका लागि तौलमा २ किलो छुट र लिखित परीक्षामा २० अंकको बोनस जोडिने दूतावासले जानकारी दिएको छ । आवेदन भने अनलाइनमार्फत जुन ६ देखि २० जुनलाई सम्ममा भर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *