तुलसीपुर, जेठ ३१ । सोमबार तुलसीपुरका एक किशोर बिरुद्ध जबरजस्ती करणी उद्योग र अप्राकृतिक संभोग गरेको अभियोगमा दूई उजुरी प्रहरी समक्ष परेको छ । ती मुद्दाका आधारमा सोमबार नै तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का १४ बर्षीय ती किशोरलाई पक्राउ गरि प्रहरीले थुनामा राखेको छ ।
ती किशोर बिरुद्ध पीडित बालबालिकाकाले अभिभाबकको सहयोगमा ईप्रकामा दिएको मुद्दाका आधारमा प्रहरीले ती दुबै मुद्दा चलाएर अनुसन्धान सुरु गरेको छ । आरोपित बिरुद्ध सोमबार नै घटना अनुसन्धानका लागि पाँच दिनको म्यादपनि थप भइसकेको छ ।
ईप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झलकप्रशाद शर्माले ती किशोरले बैशाख २७ गते ९ बर्षीय बालकलाई गोठालो गएको समयमा मौका छोपी जवरजस्ती अप्राकृतिक रुपमा संभोग गरेको भनेर बालकले र ७ बर्षीया बालिकाले जेठ २८ गते गोठालो गएकै समयमा आफुलाइ जवरजस्ती बलात्कार गरेको भनेर जाहेरीमा उल्लेख गरेको जानकारी दिए ।
पक्राउ परेका किशोरले अप्राकृतिक रुपमा बालकलाई संभोग गरेको कुरा प्रहरी समक्ष स्वीकार गरेको भएपनि बालिकामाथि बलात्कार गरेको भन्ने कुरा अस्वीकार गर्ने गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
