२०८१ बैशाख ८ गते शनिवार

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम पारित


बुटवल, जेठ ३० । बिपक्षी गठबन्धनको बिरोधका बाबजुद लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार प्रदेससभाले बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

सरकारको तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा उक्त नीति तथा कार्यक्रम पेश गरेका थिए।
सरकारले पेश गरेको नीति तथा कार्यक्रमको पक्षमा बहुमत सदस्यको समर्थन रहेको हुँदा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख घर्तीले बताए ।

आइतबार नीति तथा कार्यक्रमको छलफलमा विपक्षी गठबन्धनका दलहरूका प्रमुख सचेतक बाहेकका अरू प्रदेशसभा सदस्यहरू अनुपस्थित थिए। जनता समाजवादी पार्टीले आफ्ना ६ जना प्रदेशसभा सदस्यहरुलाई नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको थियो।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *